लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा

एभरेष्ट बैंक लिमिटेडले १ पुषमा २७ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो ।

सभा भर्चुअल माध्यम अर्थात् जुममार्फत आयोजना हुनेछ । सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

सभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बैंकको प्रवन्ध पत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।

बैंकले सभा प्रयोजनका लागि १७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १६ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १०:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया