एजेन्सी– भारतको तमिलनाडुको नागपट्टनम जिल्लाको वेदरन्याम शहरमा विहीबार राती आएको आँधीमा परी २३ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १२० किलोमिटरको वेगमा आएको हावासहितको पानीबाट ८१ हजार भन्दा बढी प्रभावित भएका छन् ।
तमिलनाडुका धेरै जिल्लाहरुमा भिषण वर्षा भइरहेकोे छ । विपद व्यवस्थापन विभागले उक्त शहरमा रहेका ८१ हजार मानिसलाई तटीय क्षेत्रबाट हटाएर ४७१ वटा राहत शिविरमा राखेको छ ।
मौसम विभागले शुक्रबार साँझसम्ममा आँधीको वेग कम हुन सक्ने अनुमान गरेको छ । आँधीका कारण बिजुलीका खम्बा तथा रुखबिरुवाहरु ढलेका छन् । धेरै क्षेत्रमा बिजुली आपूर्ति ठप्प भएको छ । तटीय क्षेत्रका धेरै घरहरु पूर्णरुपमा क्षतीग्रस्त छन् ।
प्रशासनले प्रभावितलाई सहयोग गर्न एनडीआरएफको नौ टिम प्रभावित इलाकामा पठाएको छ । विहीबार तथा शुक्रबार तमिलनाडुका सबै शैक्षिकसंस्थाहरु बन्द गरिएको छ ।
मौसम विभागका अनुसार तमिलनाडुका शहरहरु कोड्डालुरु, नागपट्टनम, थोडी, पबन र पुड्डुचोरीको कराइकल क्षेत्रमा शुक्रबार बिहान आठ सेन्टिमिटरसम्म वर्षा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।