प्रभासले ‘आदिपुरुष’ मा काम गर्ने, पारिश्रमिक डेढ करोड

बलिउड स्टार प्रभासले चलचित्र ‘आदिपुरुष’मा काम गर्ने भएका छन । उनले यो चलचित्रमा काम गर्नका लागि १ सय ५० करोड भारु पारिश्रमिक लिएका छन् ।

‘आदिपुरुष’मा प्रभासले लिएको पारिश्रमिकको अहिले सर्वत्र चर्चा भइरहेको छ । सलमान खान र अक्षय कुमारपछि सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताका भनेर प्रभासको चर्चा गरिएको छ ।

१० वर्ष यताको बलिउड बजारलाई हेर्दा उनी सबैभन्दा धेरै पारिश्रमिक लिने तेस्रो अभिनेता बनेका छन् । 

‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ का लागि सलमानले १०० करोडभन्दा धेरै पारिश्रमिक लिएका थिए । यस्तै, चलचित्र ‘बेलबटम’का लागि उनले १ सय करोड बढी पारिश्रमिक लिएका थिए ।

ओम राउतको निर्देशनमा बन्ने ‘आदिपुरुष’मा प्रभाससँगै सैफ अली खान, कृति सेनन र सनी सिंहले पनि अभिनय गर्ने छन् ।  रामायणमाथि बन्ने यो चलचित्रमा प्रभास रामको भूमिकामा देखिने छन् । सैफ रावणको भूमिकामा देखिने छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १३:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया