सन् २०१० मा अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गरेकाे अाराेप लागेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।
विकिलिक्सका अनुसार अमेरिकी अभियोजनकर्ताहरूले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर, असान्जविरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन ।
‘अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेस गरेको पाइयो,’ विकिलिक्सले ट्विटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्जविरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताइन् । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरिन् ।
मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।