सात महिनापछि देउवा-ओलीबीच भेट हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सात महिनादेखि भेटवार्ता र संवाद ठप्प छ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् ।

प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा समेत ओली राष्ट्रपति कार्यालय गएनन् । निवर्तमान हुँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ ग्रहण समारोहमा सहभागी हुने परम्परा नै छ । तर, ओलीले त्यो परम्परा तोडेका थिए ।

ओलीले आफूलाई भेट्न नचाहेपछि देउवाले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए । ओली र कार्कीबीच तीनपटकभन्दा बढी भेटवार्ता भइसकेको छ । तर, अब देउवा र ओलीबीच संवादहीनता अन्त्य हुने भएको छ । प्रधानमन्त्री देउवा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने तय भएकाले दुवै नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । उनी हेलिकोप्टरबाट चितवन जानेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १:१५ बजे देउवा काठमाडौं फर्कने छन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया