प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै सर्वोच्च-बालुवाटार मार्चपास
फरकधार / ९ मंसिर, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ ।



पापडले बिहीबार दिउँसो सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म न्याय-मार्च गरिएको हो । जबरालाई तत्काल महाभियोगको प्रक्रिया थाल्दै न्यायालयमा भएको वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन मार्चपास गरेको पापडले जनाएको छ ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेको थियो । मार्चपासमा सहभागीहरूले जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ । 



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १५:१२:३०,   अन्तिम अपडेट : मंसिर ९, २०७८ बिहीबार १५:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया