पाकिस्तानबाट आएको थियो गौतम गम्भीरलाई हत्याको धम्की
फाइल तस्वीर

भारतीय जनता पार्टीका सांसद एवं क्रिकेटर गौतम गम्भीरलाई मार्ने धम्कीसहितको इमेल पाकिस्तानबाट पठाइएको बताइएको छ ।

समाचार एजेन्सी एएनआईले दिल्ली पुलिस स्रोतलाई उद्धृत गर्दै यसबारेमा समाचार प्रकाशित गरेको छ । इमेल पठाउने व्यक्तिको पहिचान शाहिद हमिदका रूपमा गरिएको छ ।

गौतम गम्भीरले २४ घण्टाको अवधिमा आफूलाई ‘आईएसआईएस कश्मीर’बाट मार्ने धम्कीसहित दुईवटा इमेल आएको बताएका थिए ।

पहिलो इमेलमा उनलाई ‘हामी तिमी र तिम्रो परिवारलाई मार्नेछौँ' भनी धम्की दिइएको थियो । अर्को इमेलमा भनिएको थियो, 'हाम्रो उद्देश्य तिमीलाई मार्ने थियो तर हिजो तिमी बाँच्यौ । यदि तिमी आफ्नो परिवारलाई माया गर्छौ भने राजनीति र कश्मीर मुद्दाबाट टाढा बस ।' यो धम्कीपछि उनको घरबाहिर सुरक्षा व्यवस्था बढाइएको छ ।

४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । उनी सन् २०१९ मा सम्पन्न लोकसभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए । आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १५:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया