एमाले महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता नआउने, भिडियो सन्देश पठाउने

नेकपा एमालेको १०औँ महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता नआउने भएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव योगेश भट्टराईले कोरोना कारण चिनियाँ कम्युनिस्ट पार्टीका नेता नआउने भएको बताए ।

'चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त छ किन भने कोरोनाका कारण उहाँहरू विदेशमा ट्राभल गर्नुभएको छैन । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको भिडियो सन्देश हामीलाई प्राप्त भएको छ' उनले भने ।

उनले भारतलगायतका देशका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू महाधिवेशन समारोहमा प्रत्यक्ष सहभागी हुने बताए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १६:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया