यु–१९ राष्ट्रिय क्रिकेट : प्रदेश २ को विजयी सुरुवात

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

२९१ रनको विजयी लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । 

प्रदेश २ का लागि आदिल अन्सारीले आक्रमक अविजित ८७ रनको पारी खेले ।  उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।  

नवौँ विकेटका लागि आदिल र प्रदीप पासवानले अविजित ७८ रनको साझेदारी गरेपछि प्रदेश २ ले रोमान्चक जित हात पारेको हो । प्रदीप ९ रनमा अविजित रहे

अमित यादवले ४९ र गुल्सन झाले ४६ रनको योगदान दिए ।



सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३–३ विकेट हात पर्दा हेमन्त धामी र लोकेश बमको नाममा १–१ विके रह्यो ।

छैटौँ विकेटका लागि अमित र गुल्सनले ९३ रनको उत्कृष्ट साझेदारी गर्दै प्रदेश २ को पारी उकासेका थिए



यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो सुदूपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै २९० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि अर्जुन साउदले शतकीय पारी खेले । ३६.१ ओभरमा अजय यादवले आदिल अन्सारीबाट क्याच गराउनुअघि उनले ८५ बलमा १४ चौका र ५ छक्काको मद्दतमा ११६ रन बनाए ।

अर्जुनले लोकेश बमसँग चौथो विकेटका लागि १४२ रनको शतकीय साझेदारी गरेपछि सुदूपश्चिमले बलियो योगफल तयार पारेको थियो । 

७३ बलको सामना गरेका लोकेशले १३ चौका र १ छक्कामो मद्दतमा ८१ रनको योगदान दिए । नरेश भट्टले ३० र वसन्त कार्कीले २७ रन बनाए ।

प्रदेश २ का प्रदीप पासवानले ३, विवेक यादव र अजय यादवले २–१ तथा आदिल अन्सार र तृतराज दासले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त ।

यो जितसँगै प्रदेश २ ले २ अङ्क जोड्दा सुदूरपश्चिमले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १६:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया