हेमप्रभासको निर्देशनमा सम्झौता सार्वजनिक

सरला श्रेष्ठको शब्द रचना, कृति न्यौपानेको संगीत तथा शिव परियारको स्वरमा सम्झौता बोलको गीत सार्वजनिक भएको छ ।

प्रेममा घातप्रतिघातको अवस्था सिर्जना भएपछि कैयौँ युवायुवतीहरूको सुन्दर जीवन भताभूंग हुन सक्ने भएकोले विश्वासमाथि खेलबाड गर्नु नहुने तितो सत्यलाई भिडियोले कलात्मक कथावस्तुका साथ प्रस्तुत गरेको छ ।

आकाश श्रेष्ठ र गरिमा शर्मा अभिनीत भिडियोमा रामकुमार के.सी. को छायांकन, शर्मिला सुनुवारको सौन्दर्य विन्यास, सन्तोष राजबहाकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

ओएसआर डिजिटलको अफिसियल युट्यब च्यानलबाट सार्वजनिक भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया