प्रदेश २ सरकारले गठन गर्‍यो मधेसी सहिद प्रतिष्ठान

प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको छ । मधेस आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतमा सहिद भएकाहरूको परिवार तथा घाइतेहरूको हकहितका लागि सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र जनयुद्धका दुई/दुईजना सहिद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ ।

मधेस आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ । यस्तै, जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।

चार जना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरूलाई बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।

मधेसी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरूलाई निर्देशन दिए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया