एमालेको झण्डा अब बाँदरको हातमा पुग्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा एमालेको झण्डा बाँदरको हातमा पुग्ने बताएका हुन् ।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने, ‘एमालेको झण्डा अहिले जनावरले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेको देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए ।

साझा पार्टीको एउटा पक्षसँग एकताको कुरा भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १८:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया