प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएका छन् । देउवाले शुक्रबार बिहानका लागि उनीहरुलाई बालुवाटार बोलाएका हुन्।
नेपाल बार राणाको राजीनामा माग्दै देशव्यापी आन्दोलनमा छ। बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री देउवाले शुक्रबार साढे १० बजे बालुवाटार बोलाएको बताए।
बारले सबै पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको थियो। तर, प्रधानमन्त्री देउवाको व्यस्तताका कारण उनलाई ज्ञापनपत्र बुझाउन पाएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।