बिहीबार फरकधारमा के–के प्रकाशित भए ? हेरौँ २७ प्रमुख समाचार

शुक्रबारबाट सुरु हुन लागेको एमालेको दशौँ महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । प्रचण्डले आफू नगई प्रतिनिधि पठाउने भएका हुन् ।  

एमाले महाधिवेशनमा प्रचण्ड नजाने

शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको एमाले महाधिवेशन थप दुुई दिन लम्बिने सम्भावना देखिएको छ । मंसिर १०–१२ का लागि तय भएको महाधिवेशन सम्पन्न हुन थप दुई दिन लाग्ने देखिएको हो । 

एमाले महाधिवेशन थप दुई दिन लम्बिन सक्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएका छन् । देउवाले शुक्रबार बिहानका लागि उनीहरुलाई बालुवाटार बोलाएका हुन्।​

देउवाले बार पदाधिकारीलाई बालुवाटार बोलाए



साताको पहिलो दिन ठूलो तामझामका साथ चलचित्र ‘घुइँचो’को औपचारिक घोषणा गरियो । मंसिरको चिसोमा पिलपिलाउँदो वान पिसले आधा शरीर ढाकेर घोषणा कार्यक्रममा पुगेकी एलिजा गौतमले धेरैको ध्यान खिचिन् ।

दुई वर्षको सन्नाटापछि जुर्मुराए फिल्मकर्मी



लिग सुरु हुनुअघि विदेशी खेलाडीलाई क्लबमा भित्र्याउने होड यस वर्ष पनि चल्यो । होड होड मात्रै बनेन विदेशी खेलाडीको प्रदर्शनले टोलीलाई दरो बनाउने काम पनि गर्‍यो । विदेशी खेलाडी भित्र्याएका सबै क्लबहरूले सोचे अनुरूप प्रदर्शन त गर्न सकेनन् तर केही खेलाडीले भने दर्शकको मन जितेका छन् ।​

ए डिभिजन लिग : पहिलो चरण सकिँदा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली

कांग्रेसमा पहिचान बनाउन कसरत गरिरहेकाहरूका अनुसार परिवारवाद र नातावाद नराम्ररी पार्टीमा झाँगिएको छ । यसलाई अनुचित ठान्ने नेताहरू कांग्रेसमा अधिक छन् । तर, १४ औं महाधिवेशनमा पार्टीका शीर्ष नेतादेखि तल्ला तहका नेताहरूले आफ्ना परिवारका सदस्यलाई अघि बढाएका छन् । जुन ‘ट्रेन्ड’ नै बनेको छ ।

कांग्रेसका यी नेताहरू जसका छोराछोरी र श्रीमती राजनीतिमा आए

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिने कर्मचारी तथा शिक्षक र प्राध्यापकले कुनै पनि राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्णय गरिसकेको छ ।​

शिक्षकलाई प्रत्यक्ष राजनीतिमा लगाएको प्रतिबन्धप्रति शिक्षक संगठनहरूको असन्तुष्टि

एमालेका प्रचार प्रसार विभाग प्रमुख भट्टराईका अनुसार उद्घाटनसत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायसमेत गरि पाँच लाख जना सहभागी हुने अपेक्षा छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैँडाकोट दुवैतर्फ राखिने उनले बताए ।​

एमाले महाधिवेशन : साढे सात करोड खर्च, पाँच लाख सहभागी

दार्चुलाको छाङरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ । जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र लोकेन्द्र टेर बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले जिल्ला सदरमुकाम खलंगा ल्याएको हो ।​

छाङरु र तिकंर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा एमालेको झण्डा बाँदरको हातमा पुग्ने बताएका हुन् ।​

एमालेको झण्डा अब बाँदरको हातमा पुग्छः अध्यक्ष नेपाल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आकस्मिक विद्यालय अनुगमन गरेका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन् ।​

विद्यालयमा शिक्षामन्त्री पौडेलको छड्के

अध्यक्षमा ओली निर्विकल्प भनिए पनि रावल अगाडि बढेपछि धेरैको चासो बढेको छ । ०७१ सालमा भएको नवौँ महाधिवेशनमा रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए भने यति बेला गृह प्रदेशमै कमजोर देखिएका छन् ।​

गृहप्रदेशमै कमजोर भीम रावल

सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । ​

१५ मंसिरदेखि गोलाप्रथामार्फत मुद्दाको पेसी तोक्ने फुलकोर्टको निर्णय

बागमती प्रदेशको चितवनमा शुक्रबारबाट सुरु हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनबाट पार्टीले आफ्नो नेतृत्व चयन गर्नेछ । नेकपा एमाले प्रदेश-२ प्रति गम्भीर नरहेको पटकपटक आरोप लागिरहेका बेला यस महाधिवेशनलाई प्रदेश-२ को दृष्टिमा महत्त्वका साथ हेरिएको छ । ​

एमाले महाधिवेशनलाई प्रदेश २ बाट कसरी हेरिँदै छ ?

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो ।​

विश्वकप एसिया छनोटमा कुवेतमाथि नेपालको फराकिलो जित

नेकपा एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले पनि एमाले सचिवमा दाबी गर्ने भएका छन् । ‘म यसपटक सहमति भए पनि वा निर्वाचनमा जान परेको खण्डमा पनि सचिव पदका लागि दाबी गर्दै छु,’ चितवन आइपुगेका अधिकारीले फरकधारसँग भने, ‘लामो समयदेखि मैले पार्टीका लागि जुन काम गरेको छु, त्यसले पनि मलाई यो पदका लागि उपयुक्त बनाएको छ ।’

एमाले महाधिवेशनः खगराज अधिकारीले सचिव पदमा दाबी गर्ने

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँको वस्तु विश्वका बिभिन्न देशमा निर्यात गरेको छ । ​

१०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्र्तगत दुई पूर्व मन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् । ​

कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलअन्तर्गत कुवेतविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले दोस्रो ओभरमै सफलता प्राप्त गरेको छ ।

विश्वकप एसिया छनोट : कुवतेविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

संगीतकार कालीप्रसाद बाँस्कोटाको नयाँ गीत बजारमा आएको छ । ‘सुन बाटुली’ बोलको सार्वजनिक गीत बाँस्कोटा आफैंले गाएका छन् । यो गीत पनि उनैले लेखेका हुन् ।​

कालीप्रसाद बाँस्कोटाको ‘सुन बाटुली’ सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निस्कासन गरेर कारबाही गरेको हो ।​

जसपा सांसद यादव दोस्रोपटक कारबाहीमा, खोसियो केन्द्रीय सदस्य पद

पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किदा आठजना घाइते भएका छन् ।​

रूपन्देहीमा बस र माइक्रो आपसमा ठोक्किदा आठजना घाइते

नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।​

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने​

स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टामै राजीनामा दिएकी छन् । सरकारमा सहभागी दुई मुख्य पार्टीले गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् ।​

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री, जसले नियुक्त भएको १२ घण्टामै राजीनामा दिइन्

संयुक्त राष्ट्र संघको महासभाले नेपालसहित तीन देशलाई अतिकम विकसित राष्ट्रको सूची (एलडीसी) बाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्‍नति गर्ने प्रस्ताव पारित गरेको छ ।​

नेपाल अतिकम विकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति

चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो ।​

ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरकालाई चीनको चेतावनी

नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज सेन्सर बोर्डको चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो​ ।

‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २३:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया