भारतमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी देखाएको हो ।
सर्वेक्षणको तथ्यांक देशभरका ६ लाख घरपरिवारबाट लिइएको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार प्रति १ हजार पुरुष बराबर १०२० महिला छन् ।
अरुणान्चल प्रदेश, चन्डीगढ, छत्तिसगढ, हरियाणा, झारखन्ड, मध्य प्रदेश, दिल्ली, उडिसा, पन्जाब, राजस्थान, तमिल नाडु, उत्तर प्रदेश र उत्तराखण्डमा सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा विद्यालयपूर्वको शिक्षा, अपांगता, शौचालयको पहुँच, मृत्युदर्ता, गर्भपतनलगायतका विषयलाई समेटिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।