‘प्रेम गीत ३’ ले ताेक्याे रिलिज डेट

नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ले प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र फागुन १३ गते अल नेपाल रिलिज हुने भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले सयुक्त रूपमा निर्देशन गरेको ‘प्रेम गीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यो जोडीका साथमा सुनील थापा, शिव श्रेष्ठ लगायतका पुराना कलाकार पनि देखिने छन् ।

चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने निर्मातासमेत रहेका निर्देशक सन्तोष सेनको तयारी छ । नेपालका लागि प्रदर्शन मिति लिएका सेनले भारतका वितरकसँग छलफल भैरहेको जानकारी दिए।

यो चलचित्र हिन्दी भाषामा पनि डबिङ गरिएको छ । भारतीय बजारलाई मध्यनजर गर्दै हिन्दी भाषामा डबिङ गरिएको निर्माता सेनले बताए । यस चलचित्रका अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा उत्साहजनक व्यापार गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ११:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया