भारतको पूर्वोत्तर राज्यमा भूकम्पको झट्का महसुश गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारत–म्यानमार सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर शुक्रबार विहान ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको पूर्वी क्षेत्रमा पनि भूकम्पको धक्का महसुश गरिएको थियो । भूकम्पको झट्का बंगलादेशमा पनि महसुश गरिएको बिबीसीले जनाएको छ ।
भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको भारतीय प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।