‘ए’ डिभिजन लिग फुटबलः शनिबारै दुई खेल हुँदै

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुँदै छन् । गत असोज १३ गते सुरु भएको लिग बंगलादेशमा भएको बंंगबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । 

शनिबारकाे दोस्रो चरणकाे पहिलो खेलअन्तर्गत मनाङ–मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा सुरु भएकाे छ । खेल हलचोक मैदानमा हुँदै छ । शनिबारै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल सोही मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ । 

पहिलो चरणको खेलमा मनाङले ब्रिगेडब्वाइजलाई ३–१ ले पराजित गरेको थियो । एनआरटीले आर्मीसँग २–२ गोलको बराबरी खेलको थियो । च्यासलले भने मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो । राष्ट्रिय टोलीका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । अग्रपंक्तिका ओलावले आफिजको प्रर्दशनले नतिजाले फेरबदल ल्याउन सक्नेछ । 

यता, न्युरोड टोली पनि मनाङलाई समस्यामा पार्ने दाउमा छ । उपाधि दाबेदार आर्मीलाई पहिलो खेलमा बराबरीमा रोकेको एनआरटीलाई उमेर समूहका खेलाडीको राम्रो साथ छ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार ११:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया