राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी
फाइल फाेटाे

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् । 

चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्ताे बताएका हुन्।

सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने उनकाे भनाइ छ ।

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष केसीले पनि महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।  
 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया