उद्योगीको हकहितमा काम गर्ने राणाको उद्घोष

भोजपुर– उद्योग वाणिज्य महास‌ंघकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकी छिन् । भोजपुर उद्योग वाणिज्य संघको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताइन् । 

कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासंघ लागिपरेको उनले दाबी गरिन् । प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताए । 

कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य संघको भवन निर्माणका लागि ५० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासंघका प्रतिनिधिलाई सम्मान गरिएको थियो । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १२:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया