६ महिनापछि देउवासँग मञ्च सेयर गरेका ओलीले भने - उहाँलाई धन्यवाद दिन चाहन्छु

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवा सँगै मञ्चमा बसेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १५:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया