अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टरको आयोजना र नेप्लिज असोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को व्यवस्थापनमा अब अस्ट्रेलियाको सिमा खुलेको परिप्रेक्षमा कसरी दीर्घकालीन रूपमा गुणात्मक सेवा प्रदान गरि विद्यार्थीलाई सुविधा दिने भन्ने विषयमा अस्ट्रेलिया पोस्ट कोभिड मिट अप कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौंको हात्तीसारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका युनिभर्सिटी र भेट कलेजका प्रतिनिधि, विभिन्न कन्सल्टेन्सी र कन्सल्टेन्सीहरु संबंधित सँस्थाका प्रतिनिधिको उत्साहजनक सहभागीता रहेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै इ-क्यानका अध्यक्ष प्रकाश पाण्डेले अबको समयमा लामो समयदेखि पर्खिएर बसेका विद्यार्थीलाई अझै सजग भएर परामर्श दिन आवश्यक रहेको बताए ।
नेपालको अस्ट्रेलियासँगको सम्बन्ध शिक्षाका लागि मात्र नभएर व्यापार, पर्यटन र संस्कृति आदनप्रदानमा समेत जोड दिनुपर्ने नायरका पूर्वअध्यक्ष नारायण पहारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।