प्रदेश २ सभा : ४ वर्ष पुग्दा पनि सार्वजनिक लेखा समितिले पाएन सभापति

प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन सकेको छैन ।

प्रदेश सरकारको आर्थिक कारोबारको समेत निगरानी तथा विकास बजेट कार्यान्वयनमा खबरदारी, प्रदेश सरकारको बेरुजु, मन्त्रालयमा हुने अस्वाभाविक बजेट रकमान्तरदेखि महालेखापरीक्षकको प्रतिवेदनमा छलफल हुने लेखा समितिका सभापति नै चयन हुन सकेको छैन ।

प्रदेशसभाका वरिष्ठ सदस्यको हैसियतमा एमाले सांसद लगनलाल चौधरीको अध्यक्षतामा लेखा समितिको बैठक दुईपटक बैठक बसे पनि नीतिगत निर्णय भएन । 

चौधरीले भने समितिले ज्येष्ठ सदस्य हैसियतले एक-दुई पटक बैठकको अध्यक्षता गरेकै भरमा समितिको सभापतिको सेवासुविधा लिइरहेका छन् । 

प्रदेशसभा सचिवालयका अनुसार चौधरीले अन्य समितिका सभापतिकै हैसियतामा सेवा सुविधा लिइरहेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले भने,‘सभापति नहुँदा समितिको बैठक नै बस्दैन ।'





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १०:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया