गाउँभर रेबिजको प्रकाेप, नियन्त्रण प्रयासमा गाउँपालिका

नुवाकोट– दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेबिजको प्रकोप फैलिएको छ । 

गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको छ । रोग नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जनाए । 

उनका अनुसार केही दिनअघि रेबिज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको गाईवस्तुलाई खुवाउने भाँडाको पानी खाएपछि त्यहीँबाट रेबिज फैलन थालेको हो । यो रोगले अहिले पूरै गाउँ प्रभावित भएको छ । 

कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ । गाउँमा चारवटा कुुकुर मृत अवस्थामा भेटिएका छन् ।

तिनिहरूको मृत्युको कारण रेबिज नै रहेको पुष्टि भएको छ । अन्य गाउँमा पनि रोग फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउन गाउँपालिकाले सर्वसाधारणमा अपिल गरेको छ । रेबिज नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले बताए । 

गाउँपालिकाले पशुचौपायाको रेखदेख एवं स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ । रोगलाई महामारीका रूपमा फैलन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठछेउ आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान गाउँपालिकाले आह्वान गरेको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार १९:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया