विश्वकप छनोट प्ले अफ : इटाली र पोर्चुगल एउटै समूहमा

सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ ।

युइएफएले शुक्रबार गरेको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एउटै समूहमा परेका छन् ।

प्लेअफको समूह ‘सी’ मा यी दुई टोलीसहित नर्थ म्यासेडोनिया र टर्की छन् । यस्तोमा  इटाली वा पोर्चुगलमध्ये एकले मात्र विश्वकपमा स्थान बनाउन सक्छन् । 

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्  र फाइनल जित्ने टोली विश्वकपका लागि छनोट हुनेछ । 

इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनिया तथा पोर्चुगलले टर्कीको सामना गर्नेछ ।

प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहँदा समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ ।
 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १०:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया