बन्दसत्र स्थल प्रवेश गरे ओली, तर अझै सुरु भएन बैठक

एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर, दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन ।

केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केहीबेर अगाडि मात्र बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए । 

एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।
 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया