माल्दिभ्स : राष्ट्रपति सोहिलले लिए शपथ

माले– सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार माल्दिभ्सको राष्ट्रपतिका रूपमा सपथ लिएका छन् । 

निर्वाचनमा उनले शक्तिशाली नेता अब्दुल्लाह यमिनलाई पराजित गरेका थिए । जानकारहरूका अनुसार यमिनलाई चीनको बलियो समर्थन थियो भने सोलिहलाई भारको समर्थन छ ।  

निर्वाचनअघि राष्ट्रपतिका लागि खासै चर्चामा नरहेका ५४ बर्षीय सोलिहले यमिनको अपेक्षाविपरीत बहुमत पाएका थिए ।  

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको संसद्को विशेष समारोहमा सोलिहले सपथ ग्रहण गरे । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु सुगाङलगायत उपस्थित थिए । 

माल्दिभ्सले ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा युरोपेली मुलुकको समर्थनमा सोलिहको सत्तारोहणलाई विश्वले विशेष चासोका साथ हेरेको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार २१:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया