सल्यानमा देवरकाे हत्या गरेकाे आराेपमा आफ्नै भाउजू र एक छिमेकी भाउजू पक्राउ परेका छन्।
शारदा नगरपालिका-६ का ३० वर्षीय शेरबहादुर चन्दकाे हत्याकाे आराेपमा आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू २५ वर्षीया राधा पाैडेल चन्द पक्राउ परेका हुन्।
स्थानीयवासीले घर नजिकैकाे बाँसघारीमा आधा जलेकाे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक चन्दकाे घरमा रगत देखिएकाे हुनाले उनकाे हत्या गरी जलाइएकाे हुनसक्ने आशंका प्रहरीले गरेकाे छ ।
प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।