एमाले महाधिवेशनः दुई दिन लम्बिन सक्ने सम्भावना बढ्यो

नेकपा एमाले महाधिवेशन यसअघि १२ गते सक्ने भनिए पनि दुई दिन थप हुनसक्ने सम्भावना बढेको छ । नेकपा एमालेका नेताहरुबीच सहमति हुन नसक्दा यो महाधिवेशनको समय थप हुन सक्ने सम्भावना बढेको हो ।

यसअघि सर्वसम्मन भनिए पनि नेताहरुबीच सहमतिको खाका नै तयार नभएको र पदाधिकारीमा आकांक्षी धेरै भएकाले समय थप्न सकिने सम्भावना बढेको हो ।

तर, नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले महाधिवेशनको समय नथपिने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले चाहिँ दुई दिन थप गरेर भए पनि सर्वसम्मत नेतृत्वको चयन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । ‘बरु दुई दिन वा तीन दिन नै थप गरौँ, तर आम कार्यकर्ताको भावनाअनुसार अब सर्वसम्मत नेतृत्वको प्रयास गरौँ भन्ने हो,’ उनले भने, ‘यसका लागि प्रयास पनि भएको छ । तर, अहिले नै यसबारे निक्र्योल भइसकेको छैन ।’

शुक्रबार नारायणी नदी किनरामा सुरु भएको एमाले महाधिवेशन आजबाट सौराहामा बन्दसत्र हुँदैछ । आज विहान ८ बजे बन्दसत्र गर्ने भनिए पनि नेताहरुबीच सहमति नहुँदा अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । नेकपा एमाले अध्यक्ष ओली केही दिनअघि मात्र बन्द सत्र स्थलमा पुगेका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया