म अध्यक्षको उम्मेदवारको रूपमा अग्रसर छु : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको दाबी नछोड्ने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनको बन्दसत्र अघि संक्षिप्त कुराकानी गर्दै आफूले अध्यक्ष पदको दाबी नछोड्ने बताएका हुन् । उनले नेतृत्वले संस्थागत रूपमा निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । 

'पार्टीको शिखर नेतृत्वमा बसिसकेपछि त्यहाँ आफ्नो निकट र टाढा भन्ने हुन्न । हामी सबै पार्टीका नेता हौँ । जे गर्नु पर्छ छलफलबाट गर्नु पर्छ । तर अहिलेसम्म भएको छलफलमा त्यस्तो कुनै सहमति भएको छैन । म अध्यक्षको उम्मेदवारको रूपमा अग्रसर छु । उम्मेदवारीको दरखास्त दिने बेलामा म तदनुसार नै अगाडि जान्छु' उनले भने ।

अध्यक्ष पदको उम्मेदवारी वरिष्ठ उपाध्यक्ष बार्गेनिङ भन्‍ने कुरा सरासर गलत भएको उनले बताए । 'म दरखास्त दिने बेला तपाईंहरूले थाहा पाउनुहुने छ' उनले भने । हिजोको केन्द्रीय कमिटी बैठकमा पनि सर्वसम्मत गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ ।






  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया