मनिराज वाङ्मय पुरस्कार–२०७४ राष्ट्रकवि घिमिरेलाई

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । 

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद एक लाखसहित सम्मानित भएका हुन् । 

राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्याएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उनलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए । ‘राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन’, उनले भने ।

सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पुर्याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उनले बताए । 

 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार ७:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया