नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेपछि देशमा अस्थिरता आएको बताएका छन् । चितवनमा जारी पार्टीको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले अहिल देशमा आर्थिक अनियमितता बढी रहेको बताएका हुन् ।
‘अहिले हामी हटेपछि देश अस्थिर भएको छ । देश आर्थिक अनियमिततातर्फ धकेलिएको छ’ उनले भने ।
उनले आफू नेतृत्वको सरकारलाई असंवैधानिक तरिका र जनताको इच्छा र आकांक्षाविपरीत हटाइएको दाबी पनि गरे । उनले जनमत हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशमार्फत् सरकारबाट हटाइएको बताए । ‘जनादेशको अभावमा हटेका होइनौं, असफलताका कारण हटेका हैनौँ,’ उनले भने, ‘षड्यन्त्र र असंवैधानिक कारणले हटेका हौं ।’
नेकपा गठन भएको सुरुकै दिनदेखि एमालेविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै उनले पार्टीभित्रका नेताहरू लागेर नेकपा विभाजन गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।