कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरङमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।

उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका- १ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २:३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया