हलले दियाे पदाधिकारीसहित सबै उम्मेदवारकाे सूची बनाउन ओलीलाई जिम्मेवारी

नेकपा एमाले महाधिवेशनको हलले पदाधिकारीसहित केन्द्रीय कमिटीका उम्मेदवारको नामावली तयार पार्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

चितवनको सौराहामा जारी एमालेको १०‍‍औँ महाधिवेशनको हलले पदाधिकारीसहित केन्द्रीय कमिटीको लिस्ट तयार गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको हो ।

आजको बन्दसत्र हलले उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो । विष्णु पौडेलले पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्वाव गरेका थिए ।

'पदाधिकारीसहित सबै केन्द्रीय कमिटीको लिस्ट तयार गर्ने अधिकार पार्टी अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेसनको हलले दिएको छ' एक नेताले भने ।

केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य रहेको अध्यक्ष मण्डलले बन्दसत्र चलाइरहेका छन् । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २०:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया