नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार दिएपछि अध्यक्षका अर्का प्रत्यासी भीम रावलले यसमा असन्तुष्टि जनाएका छन् ।
आजको बन्दसत्र हलले उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो । यो प्रस्ताव विष्णु पौडेलले अघि सारेका हुन् ।
ओलीले प्रस्ताव गर्ने नामावलीमा हलको रायअनुसार निर्णय हुनेछ । भीम रावलले चाहिँ बन्दसत्रमा यसको विरोध गरेका छन् । उनले यसरी एक्लै निर्णय गर्न नपाइने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।