नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा युवा नेतृ भक्तकुमारी लामाले उम्मेदवारी दिने भएकी छन् ।
उनले आदिवासी जनजाति खुला महिलातर्फबाट उम्मेदवारी दिने भएकी हुन् । उनी अनेरास्ववियुकी केन्द्रीय कमिटी सचिवसमेत भइसकेकी छिन् ।
चितवनको सौराहमा जारी पार्टीको बन्दसत्रमा उनले उम्मेदवारी दिने तयारी भइरहेको फरकधारलाई बताइन् । एमालेमा उनी मार्क्सवाद र लेनिनवादको अध्येताका रूपमा चिनिन्छिन् । २०६२/६३ जनआन्दोलनमा उनी अग्रमोर्चामा खटिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।