नेपाली कांग्रेस नुवाकोट सभापति पदमा रमेशकुमार महत निर्वाचित भएका छन् । उनले सभापति पदका प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई पराजित गरे ।
निर्वाचन समितिले जनाएअनुसार महत १० मतले विजयी भएका हुन् । विजयी भएका महतले ८३३ मत र पराजित भएका केसीले ८२३ मत पाए ।
महतलाई संघीय सांसद बहादुरसिंह लामा, नेताहरू डा. रामशरण महत र प्रकाशशरण महतको समर्थन थियो । केसीलाई अर्जुननरसिंह केसीको समर्थनको थियो ।
दुई उपसभापति, दुई सचिव र दुई सहसचिवमा पनि महत पक्षकै उम्मेदवार विजयी भएका छन् । निर्वाचन समितिका अनुसार सन्तमान तामाङ र राजु थापा उपसभापति, वैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ सचिव हुँदा उत्तम पाठक र यादवप्रसाद नेपाल सहसचिव निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।