एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्षका लागि प्रस्ताव गरेका छन् ।
चितवनमा जारी महाधिवेशनमा सर्वसम्मत कमिटी निर्माण गर्ने प्रयासमा रहेका ओली नेताहरुको व्यवस्थापनमा लागेका छन् ।
यसअघि माधव नेपालको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका ज्ञवालीलाई पदाधिकारीम दाबी नगर्ने सर्तमा ओलीले अनुशासन आयोगको अध्यक्षमा प्रस्ताव गरेका हुन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीको सो प्रस्तावमा ज्ञवाली सकारात्मक देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।