नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता लेखराज भट्टलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य बन्न प्रस्ताव गरेका छन् ।
चितवनमा जारी महाधिवेशनमा सर्वसम्मत कमिटी निर्माण गर्ने जिम्मेवारी पाएका ओलीले आफूलाई अप्ठ्यारो पर्दा साथ दिएका भट्टलाई स्थायी कमिटी सदस्यमा व्यवस्थापन गर्न लागेका हुन् ।
यसअघि एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पूर्वमाओवादीका नेताहरुलाई निर्वाचन लड्न अप्ठ्यारो हुने भएकाले उनीहरुको उचित व्यवस्थापन गर्ने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।