घनश्याम भुसालको संस्कृत ट्विटले ल्याएको तरंग

चितवनमा एमालेको महाधिवेशन हलमा बन्द सत्र चलिरहँदा उपाध्यक्षका दाबेदार घनश्याम भुसालले एउटा संस्कृत श्लोक ट्विट गरे । उनले ट्विट गरेको श्लोक यस्तो थियो–

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ,
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।। 

जुन श्रीमद्भागवतगीताको दोस्रो अध्ययायको ३८औँ श्लोक हो । यसको अर्थ कमै मात्रले बुझे । यद्यपि, संस्थापन पक्षसँग असन्तुष्टि राख्दै आएका भुसालले असन्तुष्टि पोखे होला भनेर अनुमान गर्न भने कसैलाई गाह्रो परेन । 

बन्दसत्र हलले ओलीलाई सर्वसम्मत पदाधिकारी चयनको अधिकार दिएसँगै भुसालको सो ट्विट आएको थियो । यो श्लोक श्रीकृष्णले युद्धका लागि तयार रहन अर्जुनलाई दिएको उपदेश हो । जुन श्लोकको अर्थ हुन्छ–

जय–पराजय, लाभ–हानि र सुख–दुःखलाई समान सम्झेर युद्धको लागि तयार होऊ, यसमा तिमीले पापको कुनै महसुस गर्नुपर्दैन । 

दार्शनिक चेत भएका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिँदै गर्दा हार वा जितको प्रवाह नगरेपछि पाप नलाग्ने अर्थमा सो ट्विट गरेको देखिन्छ । महाधिवेशनमा आएका प्रतिनिधिले जस्तो नतिजा दिए पनि स्वीकार गर्ने, तर युद्ध (निर्वाचन) लडेरै छाड्ने उनको आशय थियो ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार २३:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया