कन्चनपुरमा देउवा पक्षकै नेताद्वय थापा र बोगटीबीच कडा प्रतिस्पर्धा
८०० गणना हुँदा ५९ को अग्रता

नेपाली कांग्रेस कन्चनपुरको जिल्ला सभापतिमा पदमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकै पक्षधर नेताबीच कडा प्रतिस्पर्धा देखिएको छ । देउवा निकट नेता एनपी साउद र रमेश लेखकले आ-आफ्नै उम्मेदवार खडा गरेका हुन् ।

शनिबार सम्पन्न भएको निर्वाचनको राति नै मतगणना सुरु भएको थियो । अहिलेसम्म ८०० मात्र मतगणना सकिएको छ । ८०० मत गणना हुँदा पदम बोगटीले ४१९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बहादुरसिंह थापाले ३६० मत ल्याएर पछ्याइरहेका छन् । ५९ मतले अग्रता बनाएका बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् ।

थापालाई एनपी साउद समूहले सघाएको थियो । सुरुवाती २०० मत गणनामा थापाले ‘लिड’ गरेपनि त्यसपछि बोगटीले अग्रता बनाउँदै आएका छन् । दुई पक्षबीच कडा प्रतिस्पर्धा भएको हुँदा मतगणनामा ढिलाइ भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

उपसभापतिमा शंकरबहादुर चन्दले ३९४, मीनबहादुर सिंहले ३९२, हरिचन्द्र रानाले ३८५ र दिवाकर पाण्डेयले ३६० मत प्राप्त गरे ।

सचिवमा सिद्धराज भट्टले ३७४, हेमराज ओझाले ३५४, भीमराज भट्टले ३६८, जनक धामीले ३५६ र तर्कराज भट्टले ७४ मत पाएका छन् । 

सहसचिवमा नाफुसिंह साउदले ३६४, पुष्कल चौधरीले ३५७, कविराज भट्टले ३३०, हरिप्रसाद अधिकारीले ३१६ र कलकबहादुर सिंहले १५६ मत प्राप्त गरेका छन् ।
 
कुल १ हजार ६१८ मा  १ हजार ५७१ मत खसेको थियो । ८०० मत गणना भइसकेको छ । अब ७७१ मत गणना हुन बाँकी छ । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया