इजरायलले विदेशी नागरिकमाथि लगायो १४ दिने प्रतिबन्ध

कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै इजरायलले विदेशीको आगमनमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नाफ्टाली बेनेटले सबै विदेशी नागरिकलाई इजरायल प्रवेशमा १४ दिने प्रतिबन्ध लगाएको बताए । 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेसँगै इजरायलले विदेशीलाई प्रवेशमा रोक लगाएको हो । यो भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो । 

दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि नयाँ भेरियन्टबारे जानकारी मिलेको थियो । अहिले यो भेरियन्ट युरोपका बेलायत, जर्मनी, इटालीसहित विभिन्न मुलुकमा फैलिरहेको छ । 

इजरायलले नोभेम्बरको सुरुमा विदेशी पर्यटकका लागि खोलेको थियो । नयाँ भेरियन्ट देखिएसँगै पुनः प्रतिबन्ध लगाइएको हो ।   





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया