चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी ९ पुसमा प्रदर्शन मिति पक्का गरेको यो चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । निर्माता समेत रहेका आचार्य आफैंले चलचित्रको कथा लेखेका हुन् ।

हास्य शैलीमा निर्माण भएको यो चलचित्रले विदेश जान खोज्ने युवाको कथा बोलेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘चुरीफुरी’मार्फत अभिषेक श्रेष्ठ चलचित्रमा डेब्यु गर्दैछन् । अभिषेकसँगै पूजा बस्नेत, सोना बज्राचार्य र रिन्जिन गुरुङ पनि यही चलचित्रमार्फत फिल्मी नगरिमा देखिँदै छन् ।

रवि मुभिजको ब्यानरमा निर्माण भएको ‘चुरीफुरी’ को दृष्य राहुल राईले खिचेका हुन् । चलचित्रमा दृष्य सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया