कांग्रेस अधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

नेपाली कांग्रेस बझाङका नेता अर्जुनजंगबहादुर सिंहले पार्टीको आसन्न प्रदेश अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । 

शनिबार सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले पार्टीलाई मजबुद बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका हुन् । 

उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको संगठन कमजोर बन्दै गएकाले आफूले सबै ठाउँमा कांग्रेसको संगठनमा नयाँ ऊर्जा दिनका लागि युवाहरूको सहयोग र परिचालनको माध्यमबाट संगठन पुनर्जागरण गर्ने पनि बताए ।   

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्रका रूपमा रहेका सिहंले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गर्न र सबै पक्षलाई मिलाएर लिनका लागि आफू योग्य उमेदवार भएको समेत बताए ।

अहिले देखिएका प्रदेश सभापतिका आकांक्षीमध्ये आफू सबैभन्दा सिनियर भएको बताउँदै सभापतिको दाबी स्वभाविक भएको समेत उनले बताए । 

सिंहले सबै आकांक्षी आफूलाई सर्वसम्मत रूपमा बनाउन आग्रह गर्दै हिमाल, पहाड, तराई नभनेर सबैको सम्मान हुने कांग्रेस बनाउन पनि आग्रह गरे । कांग्रेस सुदूरपश्चिमको अधिवेशन मंसिर १६ र १७ गते धनगढीमा हुँदैछ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया