एमाले महाधिवेशन : बन्न सकेको छैन निर्वाचन तालिका

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन । नेकपा एमालेमा यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउने विषयमा शुक्रबार दिउँसो नारायणी किनारमा महाधिवेशन उद्घाटन भएपछि नै सहमतिको प्रयास जारी छ । 

तर, अहिलेसम्म नेताहरू सहमतिमा पुग्न सकेका छैनन् । यसअघि शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नामावली चयन गर्ने जिम्मेवारी दिएको छ । 

तर, यसमा एमालेका दुई नेता भीम रावल र घनश्याम भुसालले असहमति जनाएका छन् । सबै पदमा सहमति नजुटेको खण्डमा विभिन्न पदमा निर्वाचन गर्न सकिने पनि ओली स्वयंले बताएका छन् । 

तर, अहिलेसम्म निर्वाचन हुने या नहुने भन्ने टुंगोमा नपुग्दा र अध्यक्षमण्डलले जानकारी नदिँदा निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्न सकेको छैन । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १२:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया