अधिवेशनपछि मन्त्रिपरिषद् बिस्तार हुन्छ : नेता कोइराला

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव काेइरालाले पार्टीहरूको अधिवेशनपछि प्रदेश १ सरकारको मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्  ।

पार्टीहरूको अधिवेशन चलिरहेकाले सरकारले पूर्णता पाउन नसकेको जानकारी दिए ।

उनले भने, ‘महाधिवेशन चलिरहेकाले अहिले मन्त्रिपरिषदको बिस्तार हुन सकेको छैन । यो महिना भित्रमा सरकार बिस्तार हुन्छ । ’

सत्ता साझेदार दलमध्ये कांग्रेस र माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ । 

संसदीय दलका नेता कोइरालाले प्रदेश १ को मन्त्रिपरिषदको आकार ठूलो हुने संकेत गरे । यो महिना भित्रमा प्रदेश १ सरकार विस्तार हुन्छ । 

‘संविधानले दिएको अधिकार अनुसार हामी मन्त्रिपरिषदको बिस्तार गर्छाैं’, उनले भने।  



‘अरूले आकार सानो बनायो भने हामीले पनि सानै बनाउनु पर्छ भन्ने छैन । संसदीय दलकाे ठूलो दलकाे हिसाबले हामी धेरै मन्त्री माग्छौं’, काेइरालाले थपे । 
 



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १२:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया