रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ खरखरेस्थित मध्य पहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पिपलनेटाबाट सिमेन्ट लिएर मुग्लुखोला तर्फ जाँदै गरेको लु ४ त ९६२ नं. को ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।
ट्याक्टरमा सवार रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–१ को ललित बुढा घटनास्थलमै मृत्यु भएको सोही ठाउँमा ईन्द्रबहादुर बुढा खुट्टा फ्याक्चर भएको र सोही ठाउँ वडा नं. ३ दीपेन्द्र आग्री सामान्य चोट लागेको प्रहरी जनाएको छ ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको ट्याक्टर चालकको नामथर वतन नखुलेको हाल फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।