युइएफए नेसन्स कपः इटालीसँग बराबरी खेल्दै पोर्चुगल सेमिफाइनलमा

पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । टिम क्याप्टेन रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले इटालीलाई बराबरीमा रोक्दै अन्तिम चारमा पुग्न सफल भएको हो । 

लिगको समूह चरणअन्तर्गत शनिबार राति भएको समूह ए–३ को खेलमा पोर्चुगलले इटालीसँग गोलरहित बराबरी खेलेको थियो । बराबरीसँग पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । 

प्रतियोगितामा घरेलु टोली इटालीले गोल गर्ने राम्रा मौका सदुपयोग गर्न सकेन । पोर्चुगलले तीन खेलबाट ७ अंक जोडेको छ । चार खेल खेलेको इटालीको ५ अंक छ । 

पोर्चुगलले मंगलबार पोल्यान्डँग प्रतिस्पर्धा गर्नेछ । पोल्यान्डले तीन खेलबाट १ अंक मात्र जोडेर रेलिगेसनमा परेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १३:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया