योगेश भट्टराईले भने - आज साँझसम्म सुखद समाचार आउँछ

महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने तयारी गरिए पनि आकांक्षी धेरै भएपछि अध्यक्ष केपी शर्मा ओलीलाई सकस भएको छ ।

बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्न अध्यक्ष ओलीलाई दिएको छ । ओलीले नेताहरूलाई व्यवस्थापन गरेर सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेका छन् । यद्यपि निर्वाचनको सम्भावना पनि बढेको छ ।

यसैबीच नेकपा एमाले सचिव योगेश भट्टराईले आज साँझसम्म सुखद समाचार आउने बताएका छन् ।

'नेपालको राजनीतिमा जुन सुकै घटना साँझमै भएको छ,' सचिव भट्टराईले भने, 'एमाले महाधिवेशन नेतृत्व चयनबारे पनि आज साँझ सुखद समाचार आउँछ ।'





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १४:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया