टी–२० विश्वकप एसिया छनोट : नेपाल युएईसँग पराजित, ग्लोबल छनोट खेल्ने सपना अधुरै

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ ।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदा ७९ रनमा समेटियो ।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १५ तथा सीता रानामगरले १३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि समाइरा धर्निधर्काले ४, चमानी सिनेभिरत्न र खुसी शर्माले समान २–२ तथा चाया मुघलले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा  ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

युएईका लागि चमानी सिनेभिरत्नले अर्धशतकीय पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले ७ चौकाको मद्दतमा ५२ रन बनाइन् ।



 तीर्थ शतिसले ४७ र काभिसा इगोडागेले २२ रनको योगदान दिए । 

नेपाका लागि कविता कुँवरले २ तथा संगीता राई, सीता रानमगर र सवनम राईले १–१ विकेट लिए । 



यो नजितासँगै छनोटमा शतप्रतिशत जित हात पारेको युएईले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्दा नेपालको सपना भने अधुरै रह्यो ।

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १४:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया